unparalleled imagination | storyteller.
म सर्टिफिकेट नभएको आर्टिस्ट !
कलाको कुनै रूप हुँदैन कुनै रङ हुँदैन रे । कसैले सजिलै देखाउन बनाउन सक्छ कसैले सक्दैन । महान कलाकारलाई पनि के थाहा के बनाउदै छ । म त परे महान कलाकारको भिडमा हराएको कलाकार । कहिले आर्ट स्कूल गइन त्यसैले रङसँग खेल्न आउदैन । कलम चलाउछु तर बिचित्र । आर्टको किताबि परिभाषा जान्दिन । हरेक कुरामा आर्ट देख्छु । आकासको बादलमा, भिट्टाको बुट्टामा, चराको पखेटामा, मकुराको जालोमा ईन्द्रधनुस, शीतको थोपामा तारा, कहिले रङहरुलाई सादा देख्छु कहिले पनि रङीन । क्यामेरा बोक्छु फेमस फोटोग्राफर होईन । सुन्दर सुर्योदयले तान्दैन गल्लीमा फालेको बट्टाले तान्छ । खिचिक्क ! गर्छु । हुस्सुले तान्छ, बादलले बोलाउछ । घाम-पानीको मिश्रन देखेर चकित पर्छु, बर्षाको पानीले भिजेको माटोको सुगन्धले मन्त्रमुग्द ।
स्थिर तस्विर र छरपस्त फैलिएका रङिन चित्रले मात्र होईन कथाले तान्छ, चल्चित्रले तान्छ । रात भरी बसी डकुमेन्टरी हेर्दिन, न नेट्फिलिक्सका नयाँ नयाँ इस्टोरी । चल्चित्र बनाको छैन र पक्कै थाहा छ बनाए भने औंलामा गन्ने दर्शक आउछन । बहुलाएको निर्देशक भन्लान ।
१० बर्ष भयो होला क्यामरा बोकेको कुनै अवार्ड पाको छैन न कुनै फोटो प्रदर्शनि गरेको छु ।
तपाईंको फोटो साधारण हुन्छ, एक्दम साधारण । शैली चाही राम्रो छ, सिकाउनुस न कसरी खिच्ने?
सिकाए ३-४ बर्ष, ५०-१०० जनालाई त पक्कै सिकाए । निर्धक्क सिकाए ।
डर लागेन कसैले मेरो शैली सिक्ला भन्ने । मेरो कुनै शैली नै छैन । जे मन पर्‍यो, खिचिक्क!
के गर्नु हुन्छ? गफ मात्रै?
होईन, १७ बर्ष देखी एड एजेन्सीको ग्रफिक डीजाइनर, आर्ट डाइरेक्टर, क्रेटिभ डाइरेक्टर सबै भोगी सके ।
ओहो! अवार्ड पाउनु भयो कृती अवार्ड?
अ! पाए मैले काम गरेको एजेन्सीमा सजेको होला । मेरो नाम चाही छैन है । लोभ नै लागेन तर मजा आयो ।
म केहि गर्न जान्दिन र सबै गर्न जान्छु । मन, मष्तिस्क र आखाको प्रयोग । यही गर्दै आको बल्यकाल देखी । आखाले हेर्छु मनलाई सोध्छु दिमागले गर्छु । दिमागले सोच्छु मनलाई सोध्छु आखाले गर्छु । मनले सोच्छु आखाले कल्पना गर्छु दिमागमा राक्छु । यती मात्र आउछ ।
आर्ट गर्छु, फोटो खिच्छु, इन्टेरियर सजाउछु, लेख्छु कबिता-कथा, बिज्ञापन बनाउछु, दात माझ्दा कल्पना गर्छु, सपनामा कथा बुन्छु, टोलाउछु कहिले काही बहुलाउछु कती विज्ञापन क्याम्पेन यसरी नै सोचेको तर जे गर्छु मनले गर्छु आफुलाई आर्टिस्ट भन्छु, इस्टोरी टेलर ।
हरेक कुरामा आर्ट छ र हरेक आर्टमा कथा । भन्ने बक्ता मात्र हो म फेरी एक पटक सम्झाउछु म सर्टिफिकेट नभएको आर्टिस्ट ! हुनेहरुलाई ब्यङ होईन है, मैले मौका पाइन तर एउटा कागजले आर्टिस्ट बनाउछ भन्ने मन्यता रख्दिन ।
कुनै आर्ट सम्मेलनमा बोलाउदैन न त चल्चित्र महोत्सवमा । न सेलिब्रीटिले खासै चिन्छन र न त सरकार ले । धेरै ले काम सगै गरे पछी क्रेडिट दिन समेत बिर्सेका छन ।
क्रेटिभिटी हुन्छ हामी जिउने प्रकृतीमा र हाम्रो भित्री प्रकृतीमा ।
मेरो कलपना न चोर्न सक्छ न सार्न । म म हु र म सँग भएको म सँग नै हुन्छ ।
पिजडा भित्रको चरा, सिसाको भाडो भित्रको माछा, नाम मात्रको । म त आकसको पन्छी हु समुन्द्रको माछा । किनभने कला आकस र समुन्द्र जस्तो बिशाल म त्यहाँको सानो एउटा पन्छी, सानो एउटा माछा । फेरी अनेकौ कुरामा अल्झिए लेखेको के भयो के ।
बुझ्नेले पक्कै बुझे होलान । न बुझे पनि बुझे जस्तो गर्नुस ।
यहाँ हुने छ कथा, तस्बिरको कथा, चल्चित्रको कथा, आकारको कथा, प्रकारको कथा । समग्रमा मैले गरेका हरेक कलाको पछडी लुकेको नेपथ्यको कथा ।
बाहिर निक्लिने मेरो बिचित्र कल्पनाको कथा ।
Best Covid Theme Film
Survival- living through covid
Cannes World Film Festival
Riviera
Birth Date
September 1, 1981
Nickname
Afzal Khan
Birth City
Kathmandu
Current City
Kathmandu
Hometown
Kathmandu
Height
5'8"
Gender
Male
Ethnicity
Nepali
Eye Color
Brown
Zodiac Sign
Virgo
unparalleled imagination | storyteller.
Share:
Share: